५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्तोसुकै मतभेद शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ: पूर्व राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिने बताउनु भएको छ ।

तिहार पर्वको अबसरमा शुभकामना सन्देश जारी गर्दे पूर्व राष्ट्रपति भण्डारीले शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्ने प्रेरणा यो उज्यालो पर्वले हामी सबैलाई प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

उहाँले मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ

नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथै धन–ऐश्वर्य र समृद्धिको प्रतीक देवी लक्ष्मी, अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहिआएको छ । यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्‌बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।

तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा हाम्रो विशुद्ध नेपाली मौलिक संस्कृति हो, जसले समाजमा एकता र भाइचारालाई प्रगाढ बनाउँन पुर्‍याउँछ । यसबाट सङ्कलित कोष सामाजिक र सामुदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ । साथै, अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।

मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दछु । हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले हामी सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।

अन्तमा, दीपावलीको उज्यालोले हामी सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।