२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशुल्क खाद्य सामग्री वितरण



अ+ अ-

काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका, अशक्त,असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नु भयो ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु(चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भयो ।