२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै



अ+ अ-

गण्डकी । पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुुभयो । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उहाँले बताउनुुभयो ।

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन् । सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन् ।

सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विद्यार्थीका लागि रु ८०, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० प्रवेश शुल्क निर्धारण गरिएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।