२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीको पनि सम्पती छानविन हुनुपर्छः वाइसिएल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पती छानविन गर्न सरकारसँग माग गरेको छ ।

कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो ।

शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानविन गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पती छानविन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानविन हुनुप¥यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौं । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको शुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नुभएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जो कोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट शुरु गर्नुस् । कसैलाई पनि छोडन हामीले छुट दिने छैनौं । पूर्वराजा र राप्रपा पार्टीहरुको पनि किन घर जलेनन्, किन उनीहरुका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भिर विषय छ । रास्वपाको पनि गम्भिर विषय छ । यी विषयहरु पनि निष्पक्ष ढंगले छानविन हुनुप¥यो ।’

पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाउनु भयो ।