२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णयः हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेसंँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताउनु भयो ।

उहाँले बाँकी निर्णयहरु मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताउनु भयो । मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त मन्त्रीहरुसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यस सरकारमा कुनैपनि किसिमको अन्यौलता, हेलचक्राई र लापरवाहि नहुने समेत बताउनु भयो । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताउनु भयो ।