११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ



अ+ अ-

काठमाडाैँ । काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरुलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद रु ५० हजारसहित तीन जना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवानलाई पक्राउ गरिएको थियो ।

त्यसैगरी, बर्दिया, बाँसगढी नगरपालिका–५ मैनापोखर चोकबाट ५४० मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् ।

झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–९दुधे बस्ने काभ्रे रोशी गाउँपालिका–१२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।