२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने



अ+ अ-

जनस्वराज पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ ।

जनमत पार्टी छोडेर नवगठित जनस्वराज पार्टीमा लाग्नुभएका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताउनुभएको हो ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिनुभयो । अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरु नरहेको बताउनु भयो ।

सिंहले आफूहरु अहिले तत्काल कुनै पक्षमा नरहेपनि रचनात्मक भुमिका खेल्ने कुनैपनि पक्षलाई समर्थन जनाउन आफूहरु तयार रहेको बताउनु भयो । साथै आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त सुनउँदै युवाहरुमा देखिएको आक्रोश र उनीहरुको अपेक्षा पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव समेत दिनुभयो ।

निःवर्तमान मुख्यमन्त्री सिंहसँगै प्रदेश सभा सदस्य त्रिभूवन साहले जनस्वराज पार्टीको पक्षमा बुधवार सनाखत गराउनुभएको थियो ।




भर्खरै