काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बिहान साढे ११ बजे बोलाएको छ ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ ।
छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने बताइएको छ ।
निर्वाचनका विषयमा दलहरुका सुझावसमेत लिने तयारी आयोगको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ ।










