१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ को चुनावका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।

निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बिहान साढे ११ बजे बोलाएको छ ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ ।

छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने बताइएको छ ।

निर्वाचनका विषयमा दलहरुका सुझावसमेत लिने तयारी आयोगको छ ।

गत भदौ २३ र २४ गते भएको जेन–जी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ ।




भर्खरै