३१ श्रावण २०८३, आईतवार
,
Latest
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको अडानः म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टी अध्यक्षको पद नछोड्ने स्पष्ट घोषणा गरेका छन् ।

मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू बस्ने वा हट्ने निर्णय फेसबुक वा सामाजिक सञ्जालले होइन, पार्टीको आधिकारिक संरचनाले गर्ने बताए ।

“मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ,” उनले भने, “यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।”

ओलीले आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वभावको भएको उल्लेख गर्दै पार्टीका केही नेताहरू लोकप्रियताको पछाडि लागेको टिप्पणी पनि गरे ।

उनले एमालेलाई मन नपराउने शक्तिहरूले च्यासलस्थित पार्टी कार्यालय र नेताहरूका घरमा आगजनी गरेको आरोप लगाए ।

विरोधीहरूले पार्टीको एकता र संगठनलाई कमजोर पार्ने उद्देश्यले यस्तो कार्य गरेको उनको भनाई छ ।