७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको अडानः म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टी अध्यक्षको पद नछोड्ने स्पष्ट घोषणा गरेका छन् ।

मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू बस्ने वा हट्ने निर्णय फेसबुक वा सामाजिक सञ्जालले होइन, पार्टीको आधिकारिक संरचनाले गर्ने बताए ।

“मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ,” उनले भने, “यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।”

ओलीले आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वभावको भएको उल्लेख गर्दै पार्टीका केही नेताहरू लोकप्रियताको पछाडि लागेको टिप्पणी पनि गरे ।

उनले एमालेलाई मन नपराउने शक्तिहरूले च्यासलस्थित पार्टी कार्यालय र नेताहरूका घरमा आगजनी गरेको आरोप लगाए ।

विरोधीहरूले पार्टीको एकता र संगठनलाई कमजोर पार्ने उद्देश्यले यस्तो कार्य गरेको उनको भनाई छ ।