२४ कार्तिक २०८२, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालत आजदेखि लयमा फर्किंदै, प्रतिनिधि सभा विघटनविरुद्ध रिट हाल्ने तयारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता हुने भएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ ।

सर्वोच्च अदालत प्रशासनले आजदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।

सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो । आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए ।

त्यसयता सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ भने टेन्ट टाँगेर दिएको थियो ।

सर्वोच्चले आज रिट दर्ता गर्ने भएपछि प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ताको तयारी भएको छ ।

केही कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गर्न लागेका हुन् ।

नेकपा एमाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने भनिसकेको छ ।