२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप छनोटमा नेपालले आज कतारसँग खेल्दै



अ+ अ-

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै छ ।

ओमान क्रिकेट एकेडेमीमा आज राति पौने ९ बजे नेपाल र कतारबीचको खेल हुनेछ ।

नेपालले शीर्ष–६ को दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपालले हिजो यूएईलाई एक रनले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष–६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा यूएईसँगको जितसँगै ४ अंक भएको छ ।

यूएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ ।

शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ ।

अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।