३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महिनाको आज अन्तिम मंगलबार, यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल

महिनाको आज अन्तिम मंगलबार, यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल
अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका आफन्त नजिकिनेछन् भने विगतका कमजोरीलाई पनि सुधार गर्न सकिनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। तत्कालको फाइदा हेर्दा सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। फाइदा नगण्य उठे पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ।