२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ जना जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन



तस्बिर : टाइम्स अफ इजरायल
अ+ अ-

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ ।

टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले सार्वजनिक गरेको २२ जना जीवितको सूचीमा विपिन पनि परेका छन् ।
यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो ।

हमासले बन्धक बनाएका २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन् । मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि छ ।

शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ । इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी रहेको सूची सार्वजनिक भएपछि परिवारमा आशा पलाएको छ ।

कञ्चनपुरका जोशी आक्रमणअघि एक महिना नेपालबाट इजरायल पुगेका थिए । उनी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन् । गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका थिए । १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो ।

विपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ–दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपश्र्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ–चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन् ।