२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा  साहित्यिक गोष्ठी तथा बहुभाषिक  सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताउनुभयो । उहाँले संसारभरि छरिएर रहेका नेपालीले  आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेको उल्लेख गर्नुभयो ।

“यसबाट बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउन सकिन्छ”, कुलपति राईले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानको संरचना  विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको उहाँको भनाइ थियोे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताउनुभयोे ।  प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवद्र्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका सन्तानलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभयो । भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने  सभ्यता तथा इतिहास नामेट हुने खतरा रहने उहाँको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहे पनि नेपालप्रतिको अगाध स्नेह, माया र ममतामा कुनै कमी नआउने बताउनुभयोे । नेपाली भाषा प्रवासमा रहेका नेपालीका सन्तानलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बाँच्ने उहाँले बताउनुभयोे ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक रश्मीकाली थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत कायम गर्न बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने बताउनुभयोे ।

बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली भाषा, विभिन्न मातृभाषा र अङग्रेजी भाषामा  गरी  ५९ कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा र अर्का प्राज्ञसभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियोे ।

कविगोष्ठीमा प्रा डा गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापोलगायतले नेपाली भाषामा आ–आफ्ना कविता वाचन गर्नुभएको थियोे ।

मातृभाषाका कवि अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियोे । रासस