३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिमा काँग्रेस जनतामा जान सक्दैनः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताउनुभएको छ ।

शनिवार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा काँग्रेस जान नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ छ । युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आफैँ पनि युवाहरुले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ । भोलि पनि केन्द्रिय समितिमा भन्छु । उर्जाशिल समूहलाई न्युनतम रुपमा पनि सहभागी गराउनुपर्छ । समग्र रुपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ । युवाको धारणामात्रै होइन पार्टीलाई स्वतत्र र संगठित बनाउनुपर्छ । अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ । यसमा व्यापक परिवर्तन जरुरी छ ।’

उहाँले उर्जाशिल समूहलाई अब पनि पार्टीका हरेक तहमा समानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो ।