१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब

मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब
अ अ+ अ-

सुर्खेत । संघीय सरकारले पठाएको कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ । मंगलबार मात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रयोगशाला व्यवस्थापनका लागि खटिएका फोकल पर्सन ओम आचार्यका अनुसार सुर्खेतमा रहेको मेसिनले एक दिनमा करिब १२ वटा स्वाब परीक्षण गर्न सक्छ । पछिल्लो समय परीक्षण क्षमताभन्दा दोब्बर स्वाब संकलन भइरहेको छ । ‘हामी त चौबिसै घण्टा खटिएका छौं तर मेसिनले साथ दिइरहेको छैन,’ उनले भने, ‘एक त मेसिनको क्षमता कम, अर्कोतिर ‘रेस्ट’ दिइरहनुपर्ने रहेछ, यसले गर्दा सोचेअनुसार परिमाणमा परीक्षण गर्न सकिएको छैन ।’ यसअघि एक दिनमा १५ वटा परीक्षण गर्दा रिपोर्टमै समस्या आएपछि संख्या घटाइएको उनले बताए ।

आचार्यका अनुसार काठमाडौंमा रहेको मेसिनले एक पटकमा ९६ वटा नमुना ‘प्रोसेस’ गर्न सक्छ भने यहाँको मेसिनले एक पटकमा एउटा मात्र गर्न सक्छ । संकलन भएका स्वाबको नतिजा छिटो आओस् भनेर मंगलबार बिहानै एम्बुलेन्समा काठमाडौं पठाइएको उनले जानकारी दिए । सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो । मंगलबारसम्म प्रगोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा ‘नेगेटिभ’ आएको आचार्यले बताए । उनका अनुसार अहिले सुर्खेतबाहेकका जिल्लाको पनि नमुना संकलन गर्ने कार्यलाई तीव्र पारिएको छ । काठमाडौं पठाइएका १५ वटा नमुना दैलेख र कालीकोटका बासिन्दाको रहेको उनले बताए ।

सुर्खेतस्थित प्रयोगशालामा काठमाडौंबाट आएका माइक्रोबायोलोजिस्ट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १० जनाको ल्याब प्राविधिक टोलीले परीक्षणको काम गरिरहेको छ । तीमध्ये ६ जना ल्याब केन्द्रमा रहन्छन् भने भने चार जना नमुना संकलनमा खटिने गरेका छन् । प्राविधिकका अनुसार संकलित स्वाब ढिलोमा ७२ घण्टाभित्र परीक्षणका लागि सिस्टममा राखिसक्नुपर्छ । ‘भोलि बिरामीको चाप धेरै भयो भने समयमै स्वाब परीक्षणमा बाधा हुन सक्छ,’ फोकल पर्सन आचार्यले भने, ‘यही मेसिन रहेको अवस्थामा नमुना संकलन गरेर काठमाडौं पठाउनुको विकल्प रहँदैन ।’ संकलित स्वाब बिहान ५ देखि राति १० बजेसम्म परीक्षण हुने गरेको उनले बताए ।

स्वाब संकलनमा सास्ती

ग्रामीण क्षेत्रमा सम्भावित संक्रमितको स्वाबको नमुना लिने कार्य निर्क सुस्त रहेको छ । मंगलबारसम्म ७५ जनाको स्वाब संकलन भएको छ । तीमध्ये ६० स्वाब सुर्खेतका हुन् ।

मेसिनको न्यून क्षमता, जनशक्ति अभाव र भौगोलिक विकटताको कारण अपेक्षित मात्रामा स्वाब संकलन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयको भनाइ छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चैत १६ गते सार्वजनिक गरेको तथ्यांकअनुसार भारतलगायत संक्रमित मुलुकबाट करिब ८ हजार ७ सय व्यक्ति गाउँमा पुगेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी तथ्यांक संकलन गरिरहेकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारी बताउँछिन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ७ सय ४३ जना बसिरहेका छन् ।

क्वारेन्टाइनमा बसेका र संक्रमित मुलुकबाट सिधै गाउँमा पुगेकाको स्वाब संकलन भने निकै सुस्त छ । निर्देशक भण्डारीका अनुसार विभिन्न हेल्थ डेस्क र जिल्लाहरूले पठाएको रिपोर्टका आधारमा हाल २ हजार ५३ जनाको स्वाब परीक्षण गर्नुपर्ने अवस्था छ । ‘हामीले मेसिनको क्षमता र बिरामीको अवस्था हेरेर स्वाब परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘भोलि संक्रमितको संख्या देखियो भने इमर्जेन्सी बिरामीको स्वाब सुर्खेतमा र अन्य बिरामीको स्वाब काठमाडौं पठाउने गरी व्यवस्था मिलाउँछौं ।’

स्वाब संकलनमा देखिएको सबैभन्दा ठूलो चुनौती जिल्लाहरूमा जनशक्ति अभाव हुनु हो । अहिले सुर्खेतस्थित प्रदेश अस्पतालमा १० जनाको ल्याब प्राविधिक टोली रहेको छ भने जुम्लामा यससम्बन्धी ज्ञान भएका चिकित्सकद्वय निमेश थापा र विवेक पुन मगर रहेका छन् । फोकल पर्सन आचार्यका अनुसार गाउँ–गाउँमा गएर नमुना संकलन गर्न एक जिल्लामा कम्तीमा ५–६ जनाको टोली आवश्यक पर्छ । अहिले हरेक जिल्लामा दुईदेखि तीन जना ल्याब प्राविधिक भए पनि तिनीहरूलाई कोरोना परीक्षणका लागि लिइने आरटी–पीसीआर स्वाब संकलन कसरी गर्ने भन्नेबारे ज्ञान छैन । ‘उनीहरूलाई एक दिन अभिमुखीकरण दिएर सिकाउने हो भने त संकलन गर्न सकिहाल्छन्,’ उनले भने, ‘तर रुकुम पश्चिम, दैलेख र सल्यानका तीन जनालाई बाहेक अरूलाई यस्तो अभिमुखीकरण दिन सकिएको छैन ।’

परीक्षणमा अटेरी

भारतलगायत संक्रमित मुलुकबाट आएका व्यक्तिले क्वारेन्टाइनमा बस्न र स्वाब परीक्षण गर्न अटेरी गर्ने गरेका छन् । गाउँ फर्किेनमा सबैभन्दा बढी जुम्लाका ५ हजार ८० जना छन् तर त्यहाँका तीन जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले घरमै पुगेर स्वाब परीक्षण गर्न र क्वारेन्टाइमा बस्न आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेका बताइन् । ‘मान्छेलाई रुघाखोकी लागिरहेको छ तर जँचाउन मान्दैनन्,’ उनले भनिन्, ‘यसले गर्दा भित्रभित्रै कतै संक्रमणको जोखिम त छैन भन्ने चिन्ताले हामीलाई सताउने गरेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। निमेश थापाले चैत ४ गते संक्रमित युवतीसँगै कतार एयरमा आएका एक व्यक्तिको पनि स्वाब परीक्षण हुन नसकेको बताए । स्थानीय स्वास्थ्यकर्मीले लक्षण देखिएको जानकारी दिएपछि गाडी जाने ठाउँको स्वाब संकलन गरिएको र टाढा भए जान पनि सम्भव नहुने उनले बताए ।

कर्णालीमा स्वाब संकलनका लागि भौगोलिक बिकटता ठूलो चुनौती बनेको छ । हुम्ला, मुगु र डोल्पाका केही बस्ती यति विकट छन्, जहाँ पुग्न पालिका केन्द्रबाट दुई–तीन दिनसम्म लाग्ने गर्छ । फोकल पर्सन आचार्यका अनुसार यसअघि औषधि तथा उपकरण पुर्‍याउन गएको हेलिकप्टरमा हुम्ला र डोल्पा सदरमुकाम नजिकका चार जनाको स्वाब संकलन गरी ल्याइएको थियो । ‘अलि बढी समस्या देखिएपछि हेलिकप्टर लगेर भए पनि स्वाब संकलनका लागि जान सकिन्छ,’ उनले भने, ‘सामान्य लक्षण देखिएका व्यक्तिको भने संकलन गर्न गाह्रो छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।