१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

कुहिएको चामल सरकारी कम्पनीले बाड्यो, पकाएर खाँदा निकै अमिलो

कुहिएको चामल सरकारी कम्पनीले बाड्यो, पकाएर खाँदा निकै अमिलो
अ अ+ अ-

हुम्ला । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका जनतालाई कुहिएको चामल बेचेको भेटिएको छ । अदानचुली गाउँपालिकास्थित श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएको गुनासो उपभोक्ताले गरेका छन् । कतिपयले चामल कुहिएको भन्दै डिपोमै फिर्ता गरेका छन् ।

अदानचुली गाउँपालिका– ५ करगाई गाउँका पुनबहादुर छत्यालले श्रीनगर डिपोबाट केही दिनअघि किनेको सोना मन्सुली चामल कुहिएको बताए । ‘तीन घन्टा हिँडेर डिपो पुगेँ । १७ सय ५० रुपैयाँमा किनेको ३० केजीको बोरा सकिनसकी बोकेर घर ल्याएँ,’ छत्यालले भने, ‘साँझ पकाएर खाँदा त निकै अमिलो, खानै नसक्ने भयो ।’

करगाईकै खडक छत्यालले आफूले खान घरमा लगेको चामल कुहिएको थाहा पाएपछि खच्चडलाई खुवाउनुपरेको बताए । ‘तीन सय रुपैयाँ खच्चड भाडा तिरेर घर पुर्याएँ, तर चामल त कुहिएको रहेछ । त्यसपछि गाउँका खच्चडलाई दिएँ ।’ खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढा पनि एक दिनको बाटो हिँडेर श्रीनगर डिपोबाटै लगेको पाँच क्विन्टल चामल कुहिएको परेपछि तनावमा छन् ।

डिपोप्रमुख रामकृष्णनन्दन सिंहले भने चामल कुहिएको थाहा हुँदाहुँदै पनि बिक्री नरोकेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेका छन् । ‘म प्रहरीसँगै खाना खान्छु । प्रहरी कार्यालयमा यही डिपोबाट दुई बोरा लगेका थियौँ, भात खाँदा अमिलो स्वाद आयो,’ उनले भने । तर, डेढ महिनाअघि उनी डिपोप्रमुख भएर आएपछि एक सय २० क्विन्टल चामल सर्वसाधारण उपभोक्ताले लैजाँदासम्म पनि उनले बिक्री रोकेनन् । उनी आउँदा डिपोमा तीन सय २० क्विन्टल गुणस्तरहीन चामल थियो । त्यो चामल आइतबारसम्म पनि बिक्री भइरहेको थियो । गाउँपालिका अध्यक्ष दल फडेराले श्रीनर डिपोका तीवटै खाद्य गोदाम अनुमगन गरेर कुहिएको चामल नबेच्न निर्देशन दिएपछि सोमबारदेखि भने बिक्री रोकिएको छ ।

चामल स्थानीय ठेकेदार नन्द महताराले ढुवानी गरेका थिए । उनले पुसमा सिराहाको लहानस्थित खाद्य कम्पनीको गोदामबाट धनगढी हुँदै चामल ल्याएका थिए । त्यस्तै, सुर्खेतबाट बाजुराको कोल्टी, मार्तडी हुँदै पाँच क्विन्टल ढुवानी गरेका थिए । कोल्टी, मार्तडी हुँदै खच्चडबाट ढुवानी गर्दा चामल पानीमा भिजाउँदै ल्याएको र डिपोले पनि चिसोमा भण्डारण गरेकाले चामल कुहिएको स्रोतले बतायो ।

‘ठेकेदारले चामल भिजाउँदै ल्याएका थिए । त्यसैले कुहिनु स्वाभाविक हो,’ स्रोतले भन्यो, ‘डिपोको गोदाम पनि अव्यवस्थित छ । चिसो भुइँमा चामलका बोरा राखिन्छ । भिजेको चामल झन् चिसोमा राख्दा बिग्रिएको हो ।’ ठेकेदार महतराले पनि कोल्टी र मार्तडीबाट ढुवानी गरेको चामलमा समस्या आएको हुन सक्ने स्विकारेका छन् ।

खाद्य कम्पनी हुम्ला शाखा प्रमुख रामबहादुर विष्टले भने श्रीनगरमा चामलको समस्याबारे आफूलाई जानकारी नभएको बताए । ‘श्रीनगरमा राम्रै चामल पुगेको हुनुपर्छ, त्यहाँ चामलमा आएको समस्याबारे मलाई कुनै खबर छैन । समस्या भएको भए त खबर पाउनुपर्ने हो,’ उनले भने ।

नजिकका उपभोक्ताले फिर्ता गरे, टाढाका फसे

चामल बिग्रिएको भए डिपोमा फिर्ता गर्न पाइन्छ । कुहिएको चामल डिपोनजिकका उपभोक्ताले फिर्ता गरेका छन् । तर, टाढाका उपभोक्ता घन्टौँ हिँडेर फिर्ता गर्न आउन सकेका छैनन् । आफूले खान लगेको चामल भेडाबाख्रा र खच्चडलाई खुवाएका छन् । ‘चामल कुहिएको रहेछ भन्दै उपभोक्ताले ३०–३५ बोराजति फिर्ता गरेका छन् । टाढाका उपभोक्ताको पनि गुनासो आएको छ, तर फिर्ता ल्याएका छैनन्,’ डिपोप्रमुख सिंहले भने ।

कम्पनीका केन्द्रीय बिक्री विभाग प्रमुखको गैरजिम्मेवारपूर्ण जवाफ स् डिपोनजिकैका व्यापारीले गलत हल्ला फैलाए

जनताले कुहिएको चामल खानुपरेको गुनासो गरेका छन् । सम्बन्धित डिपोका प्रमुखले नै चामल कुहिएको स्वीकार गरेका छन् । यो अवस्थामा तत्काल छानबिन थाल्नुपर्ने जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् ।

नयाँ पत्रिकाले जिज्ञाशा राख्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालयका बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जवाफ फर्काए, ‘डिपोनजिकै एक व्यवसायीको खाद्यान्न पसल छ, व्यापारीले नै गलत हल्ला फैलाए होलान् ।’

चामल कुहिएकोमा स्थानीयको गुनासो र डिपोप्रमुखले नै स्वीकारेको अवगत गराएपछि भने उनले छानबिन गर्ने बताएका छन् । ‘चामल त राम्रो गुणस्तरकै पठाइएको हो । त्यसो भए म बुझ्छु नि त,’ उनले भने ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।