२६ कार्तिक २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको छ।

क्यानले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो । इच्छुकले आगामी अक्टोबर २५ सम्म आवेदन दिन सक्नेछन् ।

सूचना अनुसार, आवेदकले महिला राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिन सक्ने, उत्कृष्ट नतिजा निकाल्न सक्षम र आवश्यक सीप तथा अनुभव भएको हुनुपर्नेछ ।

महिला राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी मनोज कटुवालले सम्हालिरहेका थिए ।