२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको छ।

क्यानले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो । इच्छुकले आगामी अक्टोबर २५ सम्म आवेदन दिन सक्नेछन् ।

सूचना अनुसार, आवेदकले महिला राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिन सक्ने, उत्कृष्ट नतिजा निकाल्न सक्षम र आवश्यक सीप तथा अनुभव भएको हुनुपर्नेछ ।

महिला राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी मनोज कटुवालले सम्हालिरहेका थिए ।