२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

प्रधानमन्त्रीले जेन–जीका चार मन्त्री थप्न खोजेपछि मिराज ढुंगानाले उठाए गम्भीर प्रश्न

प्रधानमन्त्रीले जेन–जीका चार मन्त्री थप्न खोजेपछि मिराज ढुंगानाले उठाए गम्भीर प्रश्न
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जीका चार जना प्रतिनिधिलाई मन्त्रिपरिषद्मा सहभागी गराउने तयारी गरेपछि जेन–जी अगुवा मिराज ढुंगानाले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्कीले आगामी सोमबारसम्म शपथ गर्ने गरी चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन् ।

जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त कार्कीले अझै परिषद्लाई पूर्णता दिन सकेकी छैनन् ।

जेन–जीलाई समेटेर मन्त्रिपरिषद् बनाउने भनिए पनि सहमति जुटाउन नसक्दा ढिलाइ भएको हो । धेरै पक्षसँग छलफल गरेर अहिले चार जना मन्त्रीलाई बनाउन लागेकी हुन् ।

तर जेन–जी अगुवा मिराज ढुंगानाले उनीहरु जेन–जीका प्रतिनिधि नभएको बताएका छन् ।

मिराजले आज सामाजिक सञ्जाल टिकटकमा आफ्नो भिडियो राख्दै प्रधानमन्त्रीले सिफारिस गर्र्ने तयारी गरेको को चाहिँ जेन्जी हो र कसको सिफारिस गरेको हो भनेर सोधेका छन् ।

उनले भनेका छन्– ‘जेन–जी आन्दोलनबाट निस्किएका युवाको प्रतिनिधित्व होस् भन्ने हाम्रो कामना थियो । तर उहाँहरुमध्ये को चाहिँ जेनजी हो र को होइन, कसले सिफारिस गरेको हो भनिदिनस् सरकार ?

@mirajdhungana489

Sadak ko ragat nai nabhayeko mantri le hamro pratinidhitwa kasari garne?

♬ original sound – Miraj Dhungana