२४ कार्तिक २०८२, सोमबार
,
Latest
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले जेन–जीका चार मन्त्री थप्न खोजेपछि मिराज ढुंगानाले उठाए गम्भीर प्रश्न



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जीका चार जना प्रतिनिधिलाई मन्त्रिपरिषद्मा सहभागी गराउने तयारी गरेपछि जेन–जी अगुवा मिराज ढुंगानाले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्कीले आगामी सोमबारसम्म शपथ गर्ने गरी चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन् ।

जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त कार्कीले अझै परिषद्लाई पूर्णता दिन सकेकी छैनन् ।

जेन–जीलाई समेटेर मन्त्रिपरिषद् बनाउने भनिए पनि सहमति जुटाउन नसक्दा ढिलाइ भएको हो । धेरै पक्षसँग छलफल गरेर अहिले चार जना मन्त्रीलाई बनाउन लागेकी हुन् ।

तर जेन–जी अगुवा मिराज ढुंगानाले उनीहरु जेन–जीका प्रतिनिधि नभएको बताएका छन् ।

मिराजले आज सामाजिक सञ्जाल टिकटकमा आफ्नो भिडियो राख्दै प्रधानमन्त्रीले सिफारिस गर्र्ने तयारी गरेको को चाहिँ जेन्जी हो र कसको सिफारिस गरेको हो भनेर सोधेका छन् ।

उनले भनेका छन्– ‘जेन–जी आन्दोलनबाट निस्किएका युवाको प्रतिनिधित्व होस् भन्ने हाम्रो कामना थियो । तर उहाँहरुमध्ये को चाहिँ जेनजी हो र को होइन, कसले सिफारिस गरेको हो भनिदिनस् सरकार ?

@mirajdhungana489

Sadak ko ragat nai nabhayeko mantri le hamro pratinidhitwa kasari garne?

♬ original sound – Miraj Dhungana