काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्र इलामको अनुगमनका लागि जाँदैछन् ।
मन्त्री घिसिङ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमानको पर्खाइमा छन् ।
उनी आजै इलामका विभिन्न ठाउँमा पुगेर बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्ने र आवश्यक निर्देशन दिने छन् ।
मन्त्री घिसिङसँगै भाैतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि गएका छन् ।










