२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप छनोटः जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह विजेता बनेर सुपर सिक्समा



अ+ अ-

काठमाडौँ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।

यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर–६ मा पुग्यो । जापानलाई हराएसँगै नेपालले २ अंक लिएर सुपर–६ मा गएको छ । अब नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आसिफ शेखले ३८, गुलशन झाले अविजित २८, कुशल भुर्तेलले २१, रोहित पौडेलले १८ रन जोडे भने दिपेन्द्र सिंह ऐरी १४ रनमा अविजित रहे ।

बलिङतर्फ जापानका शोमा स्लेटरले दुई, डेक्लान सुजुकी म्याककम्ब, साबोरिस रविचन्द्रन र रियो सकौरानो–थोमसले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङ थालेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन जोड्यो ।

उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा ६० रनको योगदान दिए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै इसम रेहमानले ३१, बेन्जामिन इल्टो–डेभिसले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र गुलशन झाले २–२ तथा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा विभिन्न नौ टोली सहभागी छन् । सहभागी टोलीलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा जानेछन् । नेपाल भने समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् ।

नेपाल र जापान दुवै टोलीले आआफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई पराजित गरेका हुन् । पहिलो खेलको जितसँगै नेपाल र जापान सुपर सिक्स पुगिसकेका छन् । त्यस्तै कुवेत भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

सुपर सिक्समा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।