काठमाडौं । अभियन्ता निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले सुधार केन्द्रमा पठाएको छ ।
काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा आज पक्राउ परेका भुसाललाई प्रहरीले सुधार केन्द्र पठाइएको हो । उनले गाँजा सेवन गरेको पुष्टि भएको छ ।
पक्राउपछि गर्ने मेडिकल परीक्षण गर्ने क्रममा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।
भुसाल एक वर्षअघि पक्राउ पर्दा पनि गाजा सेवन गरेको पुष्टि भएको थियो ।
निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको हो ।










