१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा पहिले नै कारबाही रोकेको हुनुपर्ने कतारको भनाइ



अ+ अ-

दोहा।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुरुप इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।

“युद्धविरामको बारेमा यो प्रश्न पहिले इजरायली सरकारतर्फ केन्द्रित गरिनु पर्छ। यदि प्रधानमन्त्रीले ट्रम्पको योजनाको पालना गर्ने सम्बन्धमा दिएको अभिव्यक्ति सत्य हो भने वास्तवमा युद्धविरामको व्यवस्था गर्नु पर्ने थियो,” माजिद अल–अन्सारीले दोहामा पत्रकारहरूसँगको कुराकानीका क्रममा बताउनुभयो ।

गाजामा द्वन्द्व अन्त्य गर्न र युद्धपछिको शासनको लागि रोडम्याप निर्माण गर्न ट्रम्पको २० बुँदे प्रस्तावको बारेमा हमास र इजरायलले यसै हप्ता इजिप्टमा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।

आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न छलफल गर्न शुक्रबार हमास सहमत भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई गाजामा युद्ध रोक्न आग्रह गर्नुभएको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “इजरायलले गाजामा बमबारी तुरुन्त रोक्नु पर्छ र बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सक्ने वातावरणलाई सुनिश्चित गर्नुपर्छ।”

अन्सारी इजिप्टमा हुने शान्ति वार्ताबारे सावधान देखिनुहुन्थ्यो ।“मलाई कुनै शङ्का छैन यो चरणको वार्ता एक प्रक्रिया हो जसमा सबै पक्षहरू सहमतिमा पुग्न दृढ प्रतिबद्ध छन्, तर धेरै विवरणहरू विचारणीय छन्,“ उहाँले भन्नुभयो ।

गत महिना कतारको राजधानीमा इजरायलले हमास समूहको नेतृत्वमाथि आक्रमण गरेको सन्दर्भलाई जोड्दै उहाँले दोहामा हमासको राजनीतिक ब्यूरोको भविष्यबारे छलफल गर्न अझै ‘चाँडो’ भएको बताउनुभयो ।

अमेरिकी पहलमा कतारले द्वन्द्वमा मध्यस्थता गर्न मद्दत गरेको छ, उहाँले भन्नुभयो, “जबसम्म हमाससँग संवादको च्यानलको आवश्यकता हुन्छ, यसको आवश्यकता रहिरहनेछ।” (रासस/एएफपी)