२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीको फेसबुक अकाउन्ट अचानक गायब



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट अचानक गायब भएको छ ।

प्रधानमन्त्री बनेपछि कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गर्दै आएको आधिकारिक फेसबुक अकाउन्ट प्रयोग गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्यालयको समन्वयमा नयाँ आधिकारिक अकाउन्ट खोलेर सूचना तथा गतिविधि सार्वजनिक गर्न सुरु गरिएको थियो ।

तर पछिल्लो समय उक्त नयाँ अकाउन्ट पनि चल्न छाडेको र अहिले फेसबुकमा भेटिन नसक्ने अवस्थाको बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कार्यालयका एक अधिकारीका अनुसार सो अकाउन्टमा केही प्रविधिक समस्या आएको हुनसक्ने बताइएको छ । तर अकाउन्ट बन्द भएको वा हटाइएकोबारे औपचारिक जानकारी भने आएको छैन ।

यसअघि प्रधानमन्त्री कार्यालयका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा पहुँच, व्यवस्थापन र नियन्त्रणसम्बन्धी विवाद अन्य प्रधानमन्त्रीका कार्यकालमा पनि देखा परेका थिए ।