२३ मंसिर २०८२, मंगलवार
,
Latest
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर युनाइटेडको सहज जित पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग सरकारी उद्योगहरुको दयनीय अवस्था हुनुमा जिम्मेवार को ? एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना न्यायलयको निर्णयले राहत महसुस भएको छ: निर्देशक शाक्य ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मलेसियासँग पराजित



अ+ अ-

काठमाडौँ।  नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीले १३ रन बनाइन । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन ।

नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।  रासस