३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मलेसियासँग पराजित



अ+ अ-

काठमाडौँ।  नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीले १३ रन बनाइन । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन ।

नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।  रासस




भर्खरै