४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन



अ+ अ-

महोत्तरी। बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ ।

महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरुमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

आ–आफ्ना गच्छेअनुसार शृङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायत वस्तुहरुका साथ महिला, पुरुषहरु अहिले दुर्गा मन्दिरहरु लामबद्ध भएर माता भवानीका पूजाअर्चना गरिन्छ ।

बडादसैँको बेला माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गरेमा घरपरिवारमा खुसियाली रहने, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेको जलेश्वर–२ का भक्तजन सुदिश साहले बताउनुभयो ।

उहाँका अनुसार बडादसैँमा मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चनाको विशेष महत्व रहेका कारण यस मिथिला क्षेत्रका प्रत्येक घरका महिला, पुरुषसहित अन्य सदस्यहरु पनि अनिवार्य रुपमा दुर्गा भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।

मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने, गरिब धनवान् हुने जस्ता मान्यता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । रासस