६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन



अ+ अ-

महोत्तरी। बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ ।

महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरुमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

आ–आफ्ना गच्छेअनुसार शृङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायत वस्तुहरुका साथ महिला, पुरुषहरु अहिले दुर्गा मन्दिरहरु लामबद्ध भएर माता भवानीका पूजाअर्चना गरिन्छ ।

बडादसैँको बेला माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गरेमा घरपरिवारमा खुसियाली रहने, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेको जलेश्वर–२ का भक्तजन सुदिश साहले बताउनुभयो ।

उहाँका अनुसार बडादसैँमा मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चनाको विशेष महत्व रहेका कारण यस मिथिला क्षेत्रका प्रत्येक घरका महिला, पुरुषसहित अन्य सदस्यहरु पनि अनिवार्य रुपमा दुर्गा भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।

मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने, गरिब धनवान् हुने जस्ता मान्यता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । रासस