• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

वैशाख ५ कष्ण दशमी, यी राशिहुनेहरुको भाग्य चम्किँदै, हेर्नुहोस् ! तपाईको आजको राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । खानापिनमा सावधानी अपनाउनु पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ । न्यायिक कार्यपनि कमजोर नै रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य योजना बन्नेछ । हाम्रो पात्रो