१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पार्टी रुपान्तरण जरुरीः माओवादी नेताहरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् ।

बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए । भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताउनु भयो । उहाँले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताउनु भयो । जेन जी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताउनु भयो । समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताउनु भयो । जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताउनु भयो । भ्रष्टाचारीहरुलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गर्नुपर्ने बताउनु भयो ।

अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरुले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गर्नुभएको जानकारी दिनुभयो । पार्टीमा जटिलता र कमजोरीहरु रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताउनु भयो । पदाधिकारीहरुले आफ्नो जिम्मेवारीअनुसार जस—अपजस लिनुपर्ने प्रश्ताव आएको बताउनु भयो ।

अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताउनु भयो । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताउनु भयो । मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गर्नुभयो । मतदाता र मत पाउने पार्टीको सम्बन्ध टुटिसकेपछि भ्याकुम उत्पन्न भएको बताउनु भयो ।

उहाँले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताउनु भयो ।