१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अब क्षम्य हुँदैनः उर्जामन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन—जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताउनु भयो । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताउनु भयो । सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने बताउनु भयो । जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गर्नुभयो । सैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताउनु भयो ।

मन्त्री घिसिङले भन्नुभयो, ‘भ्रष्टाचारको निर्मुल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्नुपर्छ । सुशासनको विषयलाई हामीले गम्भीर रुपमा लागू गर्नुपर्नेछ । मैले सबै मन्त्रालयमा, सबै सचिवज्युहरु, सबै कर्मचारी साथीहरुलाई भन्ने गरेको छु । अब हामीले अहिलेको गम्भीर अवस्थाबाट हामी सही दिशामा जानका लागि जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई हामीले गम्भीर रुपमा लिएर लागू गर्नुपर्छ । कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता, भ्रष्टाचार गर्नेकुरा क्षम्य हुँदैन । नेपाललाई सुशासनको दिशामा अघि बढाउनुपर्छ । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने निर्देशन छ । त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । हामी कसैलाई पनि छुट छैन, अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन । ठूलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो ।’

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिवद्ध भएर लाग्न निर्देशन दिनुभयो । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने बताउनु भयो ।