१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु



अ+ अ-

काठमाडौँ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जेनरेसन–जेड (जेनजी)लाई समेत समेट्ने उद्देश्यले अध्यादेशमार्फत मतदाता नामावली संकलन सुरु गरेको छ ।

आयोगका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

नामावली संकलन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, सार्वजनिक बिदा बाहेक हुने व्यवस्था गरिएको छ ।

यस क्रममा कानुनअनुसार मतदाता बन्न योग्य भएका नागरिकले नयाँ दर्ताका साथै विवाह वा बसाइँ सराइका कारण ठाउँसारी गर्न सक्नेछन् । साथै, नाम वा विवरणमा त्रुटि परेमा सच्याउन सकिने व्यवस्था पनि आयोगले गरेको छ ।

प्रावधानअनुसार निर्वाचन मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्वतः बन्द हुने भए पनि नयाँ पुस्ता मताधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सरकारले विशेष अध्यादेशमार्फत प्रक्रिया खुला गरेको आयोगले जनाएको छ ।