१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।