३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यिनै हुन् पहिलो कोरोना भाइरस पत्ता लगाउने महिला, कसरी लगाई पत्ता

यिनै हुन् पहिलो कोरोना भाइरस पत्ता लगाउने महिला, कसरी लगाई पत्ता
अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।

मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि स्कटिस डाक्टर जुन एल्मेडाले पत्ता लगाएकी थिइन्।

एल्मेडाले सन् १९६४ मा लन्डनस्थित सेन्ट थोमस अस्पतालको प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस पहिचान गरेकी हुन्।

उनका बुबा बस चालक थिए, जसले १६ वर्षकै उमेरमा स्कुल छाडे। उनी भने संसारकै अग्रणी भाइरल विशेषज्ञका रूपमा चिनिन्छिन्।

एल्मेडाको जन्म सन् १९३० मा भएको थियो। उनी स्कटल्यान्डको ग्लास्गोस्थित अलेक्जेन्ड्रा पार्कमा हुर्केकी थिइन्।

औपचारिक शिक्षा पूरा नगर्दै स्कुल छाडेकी एल्मेडाले ग्लास्गो रोयल इन्फर्मरीमा प्रयोगशाला प्राविधिकको जागिर खाइन्। त्यसपछि लन्डन गएर आफ्नो करिअर अघि बढाइन्। उनको विवाह भेनेजुएलाका चित्रकार एनरिक एल्मेडासँग सन् १९५४ मा भएको थियो।

रुघाखोकीमा अनुसन्धान

चिकित्सा क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार एल्मेडा दम्पती आफ्नी छोरीलाई लिएर क्यानडाको टोरन्टोमा बसोबास गर्न थालेका थिए। टोरन्टोको ओन्टारियो क्यान्सर इन्स्टिच्यूटमा एल्मेडाले ‘इलेक्ट्रोन माइक्रोस्कोप’ माथि राम्रो ज्ञान र सीप विकास गरिन्।

यही क्रममा उनले यस्तो विधि निकालिन्, जसले मानव शरीरमा विकास हुने रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) का माध्यमबाट भाइरस पत्ता लगाउँछ।

विन्टरले बिबिसी रेडियो स्कटल्यान्डसँगको अन्तर्वार्तामा बताएअनुसार, एल्मेडाको यो विशेषज्ञतालाई बेलायतले पहिचान गर्‍यो। उनी सेन्ट थोमस हस्पिटल मेडिकल स्कुलमा काम गर्न सन् १९६४ मा बेलायत फर्किन्। यो त्यही अस्पताल हो, जहाँ गत साता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोभिड–१९ संक्रमणपछि भर्ना गरिएको थियो।

बेलायत फर्केपछि एल्मेडाले डा. डेभिड टायरेलसँग सहकार्य गरिन्। उनीहरूले रुघाखोकी ल्याउने भाइरसमाथि संयुक्त अनुसन्धान सुरू गरे।

यसअघि डेभिड र उनको टिमले मान्छेको नाकबाट सिंगान, खकार आदिको नमूना संकलन गरी रुघाखोकीसँग सम्बन्धित केही भाइरस पत्ता लगाएका थिए। तर, सबै भाइरस पहिचान गर्न सकेका थिएनन्।

त्यही क्रममा सन् १९६० मा सर्रीस्थित एक बोर्डिङ स्कुलका केटाकेटीको नाकबाट सिंगान र खकारको नमूना संकलन गरिएको थियो। उक्त नमूनालाई ‘बी८१४’ भनियो, जसमा पाइएका भाइरसले रुघाखोकी सार्न सक्थे। उनीहरूले विस्तृत विवरण भने खुट्टयाउन सकेनन्।

डेभिडले इलेक्ट्रोन माइक्रोस्कोपबाट त्यो भाइरसको विस्तृत पत्ता लाग्छ कि भनेर एल्मेडालाई नमूना पठाइदिए।

एल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपमा उक्त भाइरस मिहिन केलाउन थालिन्। प्रारम्भिक अध्ययनपछि उनले त्यो भाइरस इन्फ्लुएन्जाजस्तै देखिए पनि दुवै समान नभएको बताइन्।

उनको अध्ययन जारी रह्यो। सन् १९६४ मा उनी उक्त भाइरसको प्रजाति किटान गर्न सफल भइन्, जुन चिकित्सा विज्ञानले पहिचान गरेको पहिलो कोरोना भाइरस थियो।

चिकित्सा क्षेत्रका लेखक विन्टरका अनुसार, एल्मेडाले यसअघि मुसामा हुने हेपाटाइटिस र कुखुरामा हुने संक्रामक ब्रोङ्काटिसको अनुसन्धान गर्दा यस्तै प्रकृतिका भाइरस देखेकी थिइन्। उनले आफ्नो खोजका आधारमा जर्नलमा कार्यपत्र पनि लेखिन् तर सामूहिक समीक्षाबाट कार्यपत्र अस्वीकृत भयो।

त्यति बेला समीक्षकहरूको निष्कर्ष थियो, ‘इन्फ्लुएन्जा भाइरसकै तस्बिर राम्ररी नआउँदा बेग्लै स्वरूप देखिएको हो, खासमा यो इन्फ्लुएन्जा नै हो।’

त्यसको एक वर्षपछि सन् १९६५ मा उनको खोज ब्रिटिस मेडिकल जर्नलमा छापियो। उनले पत्ता लगाएको कोरोना भाइरसको पहिलो तस्बिर भने दुई वर्षपछि जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित भयो।

डाक्टर जुन एल्मेडा, डाक्टर डेभिड टायरेल र सेन्ट थोमसका प्रमुख प्राध्यापक टोनी वाटरसनले संयुक्त रूपमा यसलाई ‘कोरोना भाइरस’ नामकरण गरेका थिए। ह्वाङ्ग खाली भागको वरिपरि मुकुट (क्राउन) जस्तो देखिने हुँदा उनीहरूले ‘कोरोना भाइरस’ नाउँ दिएका हुन्।

डाक्टर एल्मेडाले पछि लन्डनको पोष्टग्रायजुएट मेडिकल स्कुलमा काम गरिन्, जहाँ उनलाई विद्यावारिधिबाट विभूषित गरियो।

उनले करिअरको अन्तिम चरणमा वेल्कम इन्स्टिच्यूटमा काम गरेकी थिइन्। त्यसपछि केही समय योगगुरू बनेर बिताइन्। १९८० दशकको अन्त्यतिर उनी भाइरल विज्ञानमै परामर्शदाताको भूमिकामा फर्केकी थिइन्। त्यति बेला एचआइभी भाइरसको तस्बिर निकाल्नमा उनको ठूलो भूमिका छ।

जुन एल्मेडाको मृत्यु सन् २००७ मा भएको थियो। उनी ७७ वर्षकी थिइन्। बिबिसीबाट