१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैनः डोलप्रसाद अर्याल



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पार्नुभएको छ ।

बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनुभएको हो । कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन । तर उहाँले हाम्रो आधिकारिक ग्ूप हुन्छ पार्टी केन्द्रिय समितिको । त्यो ग्रुपमा उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्न भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु । र त्यसलाई केन्द्रिय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन ।’

कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल