२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाट भागेका दुई विदेशी पक्राउ



अ+ अ-

काठमाडौँ। बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिनुभयो ।

‘जेनजी’ प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्यूरोको टोलीले आज काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उहाँले बताउनुभयो ।रासस