१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छः सञ्चारमन्त्री खरेल



photo: rss
अ+ अ-

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो ।

सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जसरी पनि फागुन २१ मा चुनाव गर्नुछ । त्यसलाई सम्भव बनाउनु पर्छ । दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा बस्तुपरक ढंगले कार्यान्वयन हुने हिसावले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभुति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभुति हुने गरी यो ६ महिनामा केही कामहरु गर्छौं ।’

त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताउनु भयो । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दैै उहाँले आफूले हस्तक्षेप नगर्ने बताउनु भयो ।