१३ भाद्र २०८३, शनिबार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमै बस्छु, क्वाटर र सुरक्षा चाहिँदैन, खाट र किचेनको व्यवस्था मिलाइदिनु: शिक्षामन्त्री पुन



अ+ अ-

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले सरकारी क्वाटर र सुरक्षा सुविधा अस्वीकार गर्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन् ।

सोमबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई बस्न र सुरक्षा व्यवस्था आवश्यक नपर्ने बताए ।

“म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ,” पुनले भने, “मन्त्रालयमै एउटा सानो कोठा बनाइदिनुहोस्, खाट र कुर्सी चाहिन्छ, किचन पनि चाहियो। आफैं पकाएर खान्छु ।”

पुनका अनुसार, उनी मन्त्रालयमा रहेर औपचारिक कामका लागि मात्र सरकारी सवारी प्रयोग गर्नेछन् ।

“सेवा सुविधा के छ भने, यहाँ आउँदा एउटा पुलिस र आर्मीको व्यवस्था रहेछ,” उनले भने, “मैले भाइहरूलाई भनेको छु—कमाण्डरलाई रिपोर्ट गर्नुहोस्, म मन्त्रालयमै बस्छु, बाहिर जाँदा पछिपछि आउनु पर्दैन।”

पदभार ग्रहणसँगै पुनले आविष्कार केन्द्रको जिम्मेवारी छाडेको पनि बताए । “यो पद ग्रहण गरेपछि म आविष्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेको छु,” उनले स्पष्ट पारे ।