८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उहाँको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भयो । मल आयात भएको खबर सार्वजानिक भईरहँदा पनि यसको अभाव हुने कुराको आफुले गहिरो अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । किन पटक पटक चाँही यति टन मल आईरहेको छ, आजभोली यो जान्छ भन्ने पत्रपत्रिकामा आइरहेको छ । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’ 

उहाँले कृषकको हित हुने काम गर्ने बताउनु भयो । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेतिथि नियन्त्रण गर्ने भएकाले सोही अनुरुप आफुहरुले काम गर्ने उहाँको भनाई छ ।