३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीले गरिन थप पाँच मन्त्री सिफारिस



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच नयाँ मन्त्रीको नाम टुंगो लगाउँदै मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बताएको छ। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव संगीता कौशल मिश्र, सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल, कृषि मन्त्रालयमा पूर्वराज्य पुनर्संरचना आयोग संयोजक मदन परियारलाई दिइएको छ।

त्यस्तै उद्योग मन्त्रालयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आविष्कार केन्द्रका संस्थापक महावीर पुन नियुक्त हुने पक्का भएको छ।

यसअघि अर्थ, ऊर्जा र गृहमन्त्रीमा क्रमशः रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।