११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित
अ अ+ अ-

गण्डकी। ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा बैठकलगायत प्रदेशसभाको कामकारबाही अनिश्चित बनेको छ ।

गत भदौ २५ गतेलाई प्रदेशसभा बैठक डाँकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ मा प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए ।

सभामुख कृष्णप्रसाद धितालले पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचना पूर्ण रुपमा क्षतिग्रस्त भएकाले प्रदेशसभा सचिवालयको कार्यालय सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो । तोडफोड र आगजनी गरिएका ठाउँमा सरसफाइको काम भइरहेको उहाँको भनाइ छ ।

“सभामुख, उपसभामुखको आवाससम्म मर्मतसम्भार गरेर जेनतेन बस्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “प्रदेशसभाका लागि उपयुक्त भवनको खोजी गरिरहेका छौँ, जिल्ला समन्वय समिति र कृषि मन्त्रालयको हललाई विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, टुङ्गिसकेको छैन ।”

सभामुख धितालले प्रदेशसभाको नयाँ भवन हालै शिलान्यास गरी निर्माण सुरु गरिएकाले त्यो भवन नबनेसम्म वैकल्पिक व्यवस्था गर्न लागिएको बताउनुभयो । भवनको व्यवस्था भएपछि मात्र प्रदेशसभा बैठकसहित प्रदेशसभा सचिवालयका नियमित कामकारबाही सुरु हुने उहाँको भनाइ छ । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित रहेको सभामुख धितालले बताउनुभयो ।

प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको भवन भएकाले आगलागीले पूर्ण रुपमा क्षति पु¥याएको सभामुख धितालले बताउनुभयो । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।

‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनलगायत भौतिक संरचनामा पुगेको क्षतिको मुल्याङ्कन गर्ने काम भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभासहित प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवसमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने कार्य भइरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवन तोडफोड र आगजनीमा परी क्षतिग्रस्त बनेका छन् । कार्यालय भवनहरुको सरसफाइ, रङ्गरोगन र मर्मतसम्भारको काम भइरहेको प्रवक्ता डा गुरुङले बताउनुभयो । रासस