काठमाडौं। मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार विभागका तत्कालीन प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश गएपछि खाली भएको पदमा कार्कीलाई नियुक्त गरिएको हो। विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो। जसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत काम गर्छ।
नियुक्त कार्की यसअघि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रूपमा कार्यरत थिए। यो पद प्रहरी संरचनामा एआईजी स्तर बराबरको मानिन्छ।










