१४ श्रावण २०८३, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार विभागको भवन जले पनि सेवा निरन्तर



अ+ अ-

काठमाडौँ। ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागले श्रमसम्बन्धी सेवा निरन्तर दिइरहेको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनले आगजनी र तोडफोड भएको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षित रहेका केही कोठालाई व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको छ ।

व्यक्तिगत श्रम स्वीकृति, वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष, प्रशासन शाखा, उद्धार तथा राहत समन्वय शाखा, आर्थिक प्रशासन शाखाबाट सेवा सञ्चालन भइरहेको श्रम मन्त्रालयका सह–प्रवक्ता तथा उपसचिव मेघनाथ रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै श्रमसम्बन्धी कार्य अनलाइनमार्फत हुने भएकाले विभागको भवन क्षतिग्रस्त भए पनि काममा अवरोध भएको छैन ।

यस्तै, श्रमसम्बन्धी गुनासो र उजुरी लिने, राहत र उद्धार सेवालाई विभागले अत्यन्त महत्त्व दिएर काम गरिरहेको सह-प्रवक्ता रिमालले जानकारी दिनुभयो ।

“वैदेशिक रोजगार विभाग जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले यसको कार्यमा कुनै अवरोध नआउने गरी सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यद्यपि, भौतिक क्षति हुँदा कर्मचारीलाई व्यवस्थित रूपमा सेवा प्रदान गर्न भने कठिनाइ भइरहेको छ ।”रासस