२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’



अ+ अ-

काठमाडौँ। गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा सहिद भएका परिवार र घाइतेहरूले सहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताउनुभएको छ ।

आज संवाद डबलीमा आयोजित कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस् भन्नेमा जोड दिनुभएको हो । उहाँहरूले सहिदले कसैलाई सत्तामा पुर्‍याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएका बताउनुभयो ।

प्रदर्शनमा घाइते हुनुभएका अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि प्रदर्शन नगरेको बताउनुभयो । उहाँले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस् कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर नजाओस् भनेर कामना गर्नुभयो । घाइतेका आफन्त सरस्वती रावलले घाइतेहरू अस्पतालको शय्यामा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेका बताउनुभयो ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरूले प्रदर्शन गरेको बताउनुभयो । उहाँले विज्ञसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिनलगायत माग जेनजीको रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा राख्नुभयो । रासस