११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक
अ अ+ अ-

गाजा सिटीको सबैभन्दा ठूलो शहरी केन्द्रमा इज्रेली सेनाले आक्रामक कारबाही जारी राखिरहेकै बेला, हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले शनिबार गाजामा रहेका ४८ इज्रेली बन्दीहरूको भनिएको “बिदाइ तस्बिर” सार्वजनिक गरेको छ ।

अलजजिरा टेलिभिजनका अनुसार, अनलाइन राखिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीका अनुहार देखाइएका छन् । तस्बिरभित्र हरेक अनुहारमुनि “रोन अराड” भन्ने नाम लेखिएको छ । यो नाम इज्रेली वायुसेनाका क्याप्टेन रोन अराडको सन्दर्भमा हो, जो १९८६ मा लेबनानमा हराएका थिए ।

स्रोतका अनुसार यो सूचीमा नेपाल विद्यार्थी विपिन जोशीको तस्वीर समेत समावेश छ । यद्यपी, जोशी समेत कसैको नाम पनि प्रष्ट लेखिएको छैन ।

अराडको एफ ४ फ्यान्टम लडाकू बिमान दक्षिण लेबनानमा आक्रमण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उनलाई सुरुमा आमाल मुभमेन्टले पक्राउ गरी पछि हिजबुल्लाहलाई हस्तान्तरण गरेको बताइन्छ । अराडको मृत्यु भएको विश्वास गरिए पनि उनको अवस्थाबारे पक्का प्रमाण अझै उपलब्ध छैन ।

हमासले सार्वजनिक गरेको तस्बिरसँगै लेखिएको छ, “नेतन्याहूको अस्वीकृति र जामिर (इज्रेली सेनाप्रमुख) को हठका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुँदै गर्दा एक बिदाइ तस्वीर ।”

इज्रेली अधिकारीहरूले करिब २० बन्दी अझै गाजामा जीवित रहेको अनुमान गरेका छन्, भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन् । ट्रम्प र नेतान्याहूले बाँकी जीवित तथा मृत बन्दीलाई फिर्ता ल्याउने र हमासलाई “नष्ट गर्ने” प्रतिबद्धता दोहोराएका छन् ।

हमासले इज्रेली आक्रमण र स्थलगत कारबाही बढे बन्दीहरूको जीवन खतरा बढ्ने पटक–पटक चेतावनी दिँदै आएको छ । यसक्रममा केही इज्रेली बन्दी इज्रेली बमबारीमै मारिएका दाबी गरिएको छ ।

यसअघि हमासले यसै महिनाको सुरुवातमा दुई इज्रेली बन्दी देखाइएको भिडियो सार्वजनिक गरेको थियो । त्योभन्दा करिब एक महिना अघि, समूहले अरु दुई जना बन्दी देखाएको फुटेज प्रसारण गरेको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य पारिएको दाबी गरिएको थियो ।

यी तस्वीर र भिडियोहरूले बन्दीका परिवार, इज्रेली सरकारी अधिकारी तथा अमेरिकालगायत अन्य इज्रेली समर्थक देशहरूमा आक्रोश उत्पन्न गरेका छन् ।

विपिन सहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् ।