काठमाडौं। प्रिमियर लिगको साविक विजेता लिभरपुलले मर्सीसाइड डर्बीमा एभरटनलाई २-१ ले पराजित गर्दै लगातार पाँचौं जित दर्ता गरेको छ।
शनिबार भएको मर्सीसाइड डर्बीमा एभरटनलाई २-१ ले हराउँदै लिभरपुलले शतप्रतिशत जित कायम राखेको हो। लिभरपुलका लागि रायन ग्राभनबार्कले दशौं मिनेटमा पहिलो गोल गरे भने ३० औं मिनेटमा ह्युगो एकिटिकेले दोस्रो गोल थपे।
एभरटनका इड्रिसा गाना गुएले दोस्रो हाफमा एक गोल फर्काए पनि बराबरी गर्न सकेनन्। लगातार पाँच खेल जितेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ। एभरटन भने ७ अंकसहित सातौं स्थानमा सीमित छ।
यसैबीच, आज प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच पनि भिडन्त हुँदैछ।










