३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको लगातार पाँचौं जित



अ+ अ-

काठमाडौं। प्रिमियर लिगको साविक विजेता लिभरपुलले मर्सीसाइड डर्बीमा एभरटनलाई २-१ ले पराजित गर्दै लगातार पाँचौं जित दर्ता गरेको छ।

शनिबार भएको मर्सीसाइड डर्बीमा एभरटनलाई २-१ ले हराउँदै लिभरपुलले शतप्रतिशत जित कायम राखेको हो। लिभरपुलका लागि रायन ग्राभनबार्कले दशौं मिनेटमा पहिलो गोल गरे भने ३० औं मिनेटमा ह्युगो एकिटिकेले दोस्रो गोल थपे।

एभरटनका इड्रिसा गाना गुएले दोस्रो हाफमा एक गोल फर्काए पनि बराबरी गर्न सकेनन्। लगातार पाँच खेल जितेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ। एभरटन भने ७ अंकसहित सातौं स्थानमा सीमित छ।

यसैबीच, आज प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच पनि भिडन्त हुँदैछ।