१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी



अ+ अ-

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताउनुभएको छ ।

शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नुभएकी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताउनु भयो । उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेन जीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको बताउनु भयो । यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ । यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनुपर्छ । २३ गतेको घटना सामान्य रुपमा हेरेको हो । नयाँ पुस्ता जसलाई जेन जीको रुपमा परिभाषित गरेका छन् । उहाँहरु शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो । त्यो स्थिति रहेन । उहाँहरुले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन । तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ । जे भयो यो एकदमै गलत भयो । शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरुप्रति कसरी प्रहारहरु भयो त्यो पनि बुझ्नुपर्छ । कतापटिबाट शुरु भयो भन्नेकुरा । कसरी अचानक रुपमा आयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन ।’

उहाँले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताउनु भयो । आवेग, उत्तेजना भन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरी हित हुनेगरी काम गर्नुपर्ने बताउनु भयो । बदला र प्रतिशोधमा कोही जान नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल