११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन
अ अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले आठ स्थानमा पसल सञ्चालन गरेको जनाइएको छ ।

खाद्य व्यवस्था लिमिटेडको प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले भन्नुभयो, “हामीले सुपथ मूल्यका पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउनेछौँ । गत भदौ ३० गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आएका हुन् ।”

उहाँका अनुसार कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद बिक्री केन्द्रमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो ।

बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् ।

दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र र अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर, कमल बजार खरिद बिक्री केन्द्रबाट सेवा सुरु भएको प्रमुख थापाले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख तेजबहादुर कुवँरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताउनुभयो ।

डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्यका पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ । रासस