२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प–सी फोनवार्ताः टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गर्नुभएको छ ।

“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।”

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गर्नुभएको थियो भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताउनुभएको थियो । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहोर्‍याउने अपेक्षा गरेका छन् ।

– टिकटक विवाद –

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने सङ्केत दिनुभएको छ ।

“टिकेकमा केही अन्तिम रूप दिने आशा छ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ताहरू, धनी व्यक्तिहरू र ठूला कम्पनीहरूको स्वामित्वमा रहने उहाँको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबी समेत गर्नुभयो ।

वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोषहरू सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुनेछन् ।

– व्यापार र भन्सार शुल्क –

यसैबीच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबीच भएको हो । यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ ।

हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

– कूटनीतिक पृष्ठभूमि –

सीले हालै रुस र भारतका नेताहरूसँग शिखर सम्मेलन आयोजना गर्नुभएको थियो र उत्तर कोरियाली नेता किम जोङ उनलाई सैन्य परेडमा आमन्त्रित गर्नुभएको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा सीलाई सम्बोधन गर्दै ‘कृपया पुटिन र किमलाई मेरो सम्मान दिनुहोस् किनकि तपाईंहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो’ भन्नुभएको थियो ।

साथै, उहाँले भारतलाई रुसी तेल खरिद गरेकामा आलोचना गर्दै दण्डात्मक भन्सार शुल्क लगाएको बताउनुभयो ।

बेइजिङलाई अमेरिकाले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि ट्रम्पले युरोपेली मुलुकहरूलाई चीनमाथि दबाब दिन आह्वान गर्नुभयो । “यदि चीनमाथि यस्तो दबाब परेको अवस्थामा युक्रेन युद्ध अन्त्य हुनसक्छ”, उहाँले फक्स न्युजसँग भन्नुभयो ।