११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ९ कृष्ण चतुर्दशी, कस्तो बित्नेछ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज स्वास्थ्यप्रति सजक रहन आवस्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधापनि उत्पन्न रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघी बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): स्वादिष्ट खानापिन खान पाईएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाटको अवसर मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग ): नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार संग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने बआधुरै रहला । हाम्रो पात्रो